आजबाट हुने क्रिकेट टिमको बन्द प्रशिक्षणमा पृथु नहुने
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आजबाट औपचारिक रुपमा सुरु गर्ने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पृथु बास्कोटा नहुने भएका छन्। पृथु हाल अमेरिकामा छन्। कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय उडान नभएका कारण पृथु नेपाल आउन सकेका छैनन्। मुख्य प्रशिक्षक डेभ वाटमोरले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डको त्रिदेशीय शृंखलाको बन्द प्रशिक्षणका लागि पृथुलाई पनि बोलाएका थिए।
प्रतिक्रिया दिनुहोस्
