ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना एजेन्सी। जापाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्पिकमा लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन्। युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्