इटाली समूह विजेता, वेल्स नकआउट चरणमा काठमाडाैं।युरोकप फुटबलमा इटालीले समूह चरणमा तीनवटै खेल जित्दै समूह विजेता बनेको छ। गएराति भएको खेलमा इटालीले वेल्सलाई १–० ले हराएको हो।इटालीको जिजतमा खेलको ३९औं मिनेटमा माटेओ पेसिनाले निर्णायक गोल गरे। इटाली ३ खेलबाट ९ अंक जोडेर समूह विजेता बन्दा ४ अंक जोडेको वेल्स उपविजेता बन्यो। वेल्ससँग समान अंक भएपनि गोलअन्तरमा पछाडि रहेको स्वीट्जरल्यान्डको अघिल्लो चरण प्रवेशको सम्भावना जीवित छ।
प्रतिक्रिया दिनुहोस्