कोपा अमेरिकामा आज राती भेनेजुएला र इक्वेडर भिड्दै एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती भेनेजुएलाले इक्वेडरको सामना गर्दैछ। ब्राजिलको ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार राती२ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा सोमबार बिहान कोलम्बिया र पेरु भिड्दैछन्। स्टाडियो ओलम्पिको रंगशालामा हुने खेल बिहान५ः४५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको समूह‘ए’मा रहको कोलम्बिया अंक तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै भेनेजुएला तेस्रो, इक्वेडर चौथो र पेरु पाँचौ स्थानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्