पहिलो इनिङमा दक्षिण अफ्रिकालाई १४९ रनको अग्रता
एजेन्सी।वेष्ट इन्डिजविरुद्ध दोस्रो टेष्टको पहिलो इनिङमा दक्षिण अफ्रिकाले १४९ रनको अग्रता लिएको छ। दक्षिण अफ्रिकाले २१८÷५ को स्थितिबाट दोस्रो दिन थालेको थियो। थप ८० रन जोड्दा दक्षिण अफ्रिकाले बाँकी विकेट गुमायो। दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ९७ रन बनाए। पहिलो इनिङ थालेको वेष्ट इन्डिजले १४९ रन जोड्दा सबै विकेट गुमायो। वेष्ट इन्डिजका जेरेमी ब्ल्याकउडले सबभन्दा धेरै ४९ रन बनाए।
प्रतिक्रिया दिनुहोस्
