दोस्रो खेलमा पनि स्पेन पोल्याण्डसँग बराबरीमा रोकियो काठमाडाैं। युरोकप फुटबलमा स्पेन फेरि बराबरीमा रोकिएको छ। पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेन दोस्रो खेलमा पोल्याण्डसँग १–१ को बराबरीमा रोकियो। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो। तर ५४ औं मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए। पोल्याण्ड पहिलो खेलमा स्लोभाकियासँग २–१ ले पराजित भएको थियो। अघिल्लो चरणमा पुग्न स्पेनले अन्तिम खेलमा स्लोभाकियालाई हराउनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्