युरोकप : पोर्चुगलमाथि जर्मनीकाे शानदार जित काठमाडाैं। युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ। जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले एक एक गोल गरे भने रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता भने १५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले लिएको थियो। पोर्चुगलका लागि थप गोल डिएगो जोटाले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्