एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने काठमाडौं। एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महाङ्घले जनाएको छ। च्याम्पियनसिपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन्। सुरुआतमा सो प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्