हंगेरीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी एजेन्सी। यू–१६ देखि नै फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका पल पोग्बा आज हुने हंगेरीविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। मिडफिल्डरको रुपमा खेल्ने पोग्बा डिफेन्सिभ मिडमा रहन र अट्याकिङ मिडमा बल खेलाउन माहिर छन्। २०१३ मा फ्रान्सबाट डेब्यु गरेका पोग्बाले राष्ट्रिय टोलीबाट८१ खेल खेल्दै१० गोल गरेका छन्। २८वर्षीय पोग्बा हाल इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्