तेस्रो खेलमा स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुने एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने तेस्रो खेलमा स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो कार्टुजा रंगशाला स्पेनमा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ। युरोकपमा यसअघिको पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो। पोल्यान्ड स्लोभाकियाविरुद्ध २-१ ले पराजित भएको थियो।दुई टोली १० पटक एकअर्काविरुद्ध भिड्दा स्पेनले ८ पटक र १ पटक पोल्यान्डले जित्दा १ खेल बराबरीमा सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्