स्वीडेन र स्लोभाकीयाबीच पहिलो हाफ गोलरहित बराबर एजेन्सी। युरोकप फुटबलअन्तर्गत समूह 'इ'मा रहेको स्वीडेन र स्लोभाकीयाबीचको जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। रसियाको सेन्ट पिटर्सबर्गस्थित प्रेस्टोभ्सकि रंगशालामा सम्पन्न पहिलो हाफमा दुबै टोली गोल गर्न असफल रहे। यसअघिको पहिलो खेलमा स्लोभाकीयाले पोल्याण्डलाई १-० ले पराजित गरेको थियो भने स्वीडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्