कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्