भारत र न्युजिल्यान्डबीचको टेस्ट च्याम्पियनसिपको फाइनल आजबाट एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन्। फाइनल टेस्ट बराबरीमा सकिए पुरस्कार रकम बराबर बाढिने छ भने उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्