पेरूविरूद्ध ब्राजिलको सहज जित
एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुविरुद्ध ४-० को सहज जीत हात पारेको छ। ओलम्पिको रंगशालामा सम्पन्न खेलमा ब्राजिलको जीतमा एलेक्स सान्ड्रोले १२औं, नेईमारले ६८औं र एभर्टन रिबेइरीले ८९औं र इन्चुरी समयमा रिचार्लिसनले एक/एक गोल गरे। समूह 'ए' मा रहेको ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको थियो। पेरुको भने यो प्रतियोगिताको पहिलो खेल हो।
प्रतिक्रिया दिनुहोस्
