कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी रोकिए एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। ब्राजिलको ओलिम्पिको रंगशालामा सम्पन्न खेलमा दुबै टोली गोल गर्न असफल रहे। खेलमा कोलम्बियाका लुइस डाइजले इन्जुरी समयमा रातो कार्ड पाएका थिए। समूह 'ए' मा कोलम्बियाले पहिलो खेलमा इक्वेटरलाई १-० ले पराजित गर्दा भेनेजुएला ब्राजिलसँग ३-० ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्