पुनारागमन जितसँगै बेल्जियम युरोकपको नकआउट नजिक एन्जेन्सी।सुरुवाती अग्रतालाई जोगाउन नसक्दा युरोकप फुटबलमा डेनमार्क बेल्जियमविरुद्ध २-१ ले पराजित भएको छ।पार्केन रंगशालामा युसुफ पउलसेनले खेलको दोस्रो मिनेटमा नै गरेको गोलबाट डेनमार्कले अग्रता लिएको थियो।तर, थोर्गन हाजार्ड र केभिन डी ब्रुयनाले दाेस्रो हाफमा एक/एक गोल गरेपछि बेल्जियम विजयी भयाे।जितसँगै बेल्जियमले नकआउटमा चरणमा नजिक पुगेको छ।बेल्जियमले पहिलो खेलमा रसियालाई ३-० ले पराजित गर्दा डेनमार्क फिनल्यान्डसँग १-० ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्