लगातार दोस्रो जितसँगै नेदरल्यान्ड्स युरोकपको नकआउट चरणमा
एजेन्सी।बिहीबार राति भएको खेलमा नेदरल्याण्ड्सले अष्ट्रियालाई २-० ले पराजित गरेको छ।जाेहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई लगातार दोस्रो जित दिलाउने क्रममा मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक/एक गोल गरे।डिपेले पेनाल्टीमा गोल गरेका हुन्।समूह 'सी' मा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले पराजित गर्दा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो। यो जितसँगै नेदरल्याड्स नकआउट चरणमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्
