रामोसले छाडे रियल मड्रिड
एजेन्सी। रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन्। रियलले बुधबार पत्रकार सम्मेलनमा कप्तान रामोसले क्लब छाडेको पुष्टि गर्दै उनको बिदाई गर्ने समेत जनाएको हो। २००५ मा सेभियाबाट रियल आएका ३५ वर्षीय डिफेन्डर रामोसको क्लबसँगको सम्झाैता यही जुनको अन्त्यसँगै सकिँदैछ। १६ वर्ष रियलमा बसेका रामोसले क्लबका लागि ६७१ खेल खेल्दै १०१ गोल र ४० असिस्ट गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
