युक्रेनको पहिलो जीत
एन्जेन्सी। नर्थ मेसोडोनीयालाई२–० ले पराजित गर्दै युक्रेनले युरोकप फुटबलमा पहिलो जीत हात पारेको छ। रोमानियाको नेशनल एरिनामा सम्पन्न खेलमा युक्रेनका एन्ड्रीय यर्मोलेन्को र रोमन यर्मेचुकले एक÷एक गोल गरे। नर्थ मेसोडोनीयाका एज्गजन एलिओस्किले पेनाल्टीमा एक गोल फर्काए। युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल चुकाएका थिए। समूह ‘सी’मा रहेको युक्रेन यसअघि पहिलो खेलमा नेदरल्यान्डससँग ३–२ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्
