इन्टरले अग्रता बढाउने मौका गुमायो
काठमाडौं। शीर्ष क्लब इन्टर मिलानले गएराति एटलान्टासँग १-१ को बराबरी खेलेपछि इटालियन सिरी ‘ए’ मा तीन अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ।
घरेलु मैदान सान सिएरो इन्टरले चौथो मिनेटमै अग्रता लिएको थियो।
लाउटारो मार्टिनेजले लुकाकुको पासलाई नियन्त्रणमा लिदै गोल गरेका थिए।
खेल सकिन १५ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले गोल गरेपछि एटलान्टाले अंक खोस्न सफल भयो।
खेलको दुई मिनेट बाँकी रहँदा इन्टरका गोलकिपर समिर हन्डालनोभिचले लुइस मुरिएलको पेनाल्टी बचाइदिएपछि इन्टर हारबाट जोगिएको थियो।
इन्टरका एलेसान्द्रो बोस्तोनीले रुस्लान मालिनोभस्कीलाई फाउल गरेपछि एटलान्टाले पेनाल्टी अवसर पाएको थियो।
बराबरीसँग इन्टरले अपराजित यात्रालाई १२ खेलसम्म लम्बाएको छ। इन्टरले १९ खेलबाट ४६ अंक जोडेको छ। जुन दोस्रो स्थानको युभेन्टसभन्दा एक अंकले मात्र अगाडी हो।
युभेन्टसले आज रोमालाई पराजित गरे शीर्ष स्थानमा उक्लिनेछ।
१८ खेलबाट ४२ अंक जोडेको जालियो तेस्रो स्थानमा छ।
सिरो इमोबाइलले खेल सकिन दुई मिनेट बाँकी रहँदा गरेको गोलमा लाजियोले गएराति नोपोलीलाई १-० ले पराजित गरेको थियो।
लिगमा लाजियोको यो लगातार दशौं जित हो।
प्रतिक्रिया दिनुहोस्