नर्थ मेसोडोनियाविरुद्ध युक्रेन : प्रभाव पार्न सक्ने खेलाडी एजेन्सी। यू–१६ देखि नै युक्रेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका रोमन यारेम्चुक आज हुने नर्थ मेसोडोनिया विरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनले युरोकपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध एक गोल र एक असिस्टसमेत उपलब्ध गराएका थिए। यारेम्चुकले राष्ट्रिय टोलीबाट २५ खेल खेल्दै ९ गोल गरेका छन्। २५ वर्षीय यारेम्चुक हाल बेल्जियमको क्लब जेन्टबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्