बेल्जियमलाई डेनमार्कको चुनौती एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने समूह ‘बी’ को खेलमा बेल्जियम र डेनमार्क भिड्दै छन्। पार्केन रंगशाला केपनहेगनमा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ। युरोकपमा दुबै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा बेल्जियमले रसियालाई ३–० ले पराजित गर्दा डेनमार्क भने फिनल्यान्डसँग १–० ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्