युरोकपमा युक्रेन र नर्थ मेसोडोनियाबीच प्रतिस्पर्धा हुँदै एजेन्सी। युरोकप फुटबलअन्र्तगत आज हुने पहिलो खेलमा समूह ‘सी’को युक्रेन र नर्थ मेसोडोनियाबीच प्रतिस्पर्धा हुँदैछ। रोमानियाको नेशनल एरिनामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ। दुबै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा दुबै टोली पराजित भएका थिए। पहिलो खेलमा नर्थ मेसोडोनिया अष्ट्रियासँग ३–१ ले र युक्रेन नेदरल्यान्ड्सँग ३–२ ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्