अष्ट्रियाका फरवार्ड मार्को आर्नाटोभिचलाई एक खेलमा प्रतिबन्ध
एजेन्सी। नर्थ म्यासेडोनियाविरुद्धको खेलमा विपक्षी खेलाडीलाई अपमान गरेको भन्दै यूईएफले अष्ट्रियाका फरवार्ड मार्को अर्नाटोभिचलाई एक खेलमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धसँगै उनले भोलि हुने नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने छन्। आइतबार अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गर्दा एक गोल गरेका मार्कोले गोल गरेपछि विपक्षी खेलाडीलाई अपमानजनक व्यवहार गरेका थिए। ३२ वर्षीय मार्कोले उक्त कार्यका लागि माफी माग्दै आफू रेसिस्ट नभएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्
