इटाली युरोकपको नकआउट चरणमा
एजेन्सी।स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई तथा सिरो इमोबाइलले एक गोल गरे। जितसँगै समूह 'ए' को इटाली युरोको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ।समूहको शीर्ष स्थानमा रहेको इटालीले २ खेलबाट ६ अंक जोडेको छ।इटालीले पहिलो खेलमा टर्कीलाई ३-० ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
