इङलिस गोलकिपर डिन हेण्डरसनले युरोकप गुमाउने एजेन्सी। इंग्ल्यान्ड फूटबल टिमको दोस्रो रोजाईका गोलकिपर डिन हेण्डरसनले युरोकप फुटबल गुमाउने भएका छन्। हिप चोटका कारण हेण्डरसनले जारी युरोकप गुमाउने भएका हुन्। उनी सोमबार टिमको प्रशिक्षणमा उपस्थित भएनन्। म्यानचेस्टर युनाईटेडबाट व्यवसायीक खेल खेल्ने हेण्डरसनको स्थानमा इङलिस टोलीले आरोन राम्सडेललाई टिममा बोलाएको छ। युरोमा इंग्ल्यान्ड पहिलो खेलमा क्रोएसीयालाई १–० ले पराजित गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्