म ठीक छु : एरिक्सन एजेन्सी। युरोकप फुटबलअन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अहिले आफू ठीक रहेको बताएका छन्। उनले इन्स्टाग्राममा सबैले पठाएको न्यानो र अद्भुत साथको लागि धन्यवाद दिँदै आफूले अहिले राम्रो महसुस गरिरहेको र ठीक रहेको जानकारी दिएका हुन्। युरोकपमा शनिबार राती फिनल्याण्डविरुद्धको खेलमा खेलको ४३औं मिनेटमा एरिक्सन मैदानमा ढलेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्