जर्मनीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी एजेन्सी। यु–देखि राष्ट्रिय टोलीबाट खेलिरहेका फ्रान्सका २२ वर्षीय युवा खेलाडी किलियन एमबाप्पे युरोकपअन्र्तगत आज हुने जर्मनीविरुद्धको खेलमा फ्रान्सका प्रभाव पार्न सक्ने खेलाडी हुन्। फ्रान्सले २०१८ को विश्वकपको उपाधि उचाल्दा एमबाप्पे फ्रान्स टोलीका महत्वपूर्ण सदस्य थिए। विश्वकपमा फ्रान्सका लागि४ गोल गरेका एमबाप्पेले निकै तिव्र गतिमा बल दौडाउने क्षमता राख्दछन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्