युरोकपमा आज दुई खेल हुँदै एजेन्सी।युरोकप फुटबलमा आज (मंगलबार) समूह 'एफ'का दुई खेल हुँदैछन्। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टको पुस्कास एरिनामा नेपाली समयअनुसार राति ९:४५ बजेबाट खेल्दैछ। दोस्रो खेलमा साबिक उपविजेता तथा २०१८ को विश्वकप विजेता फ्रान्सले जर्मनीविरुद्ध राति १२:४५ बजे खेल्दैछ। खेल जर्मनीको म्युनिखस्थित एलिनाज रंगशालामा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्