काठमाडौं । बडादशैं शुरू हुन अब एक दिन मात्र बाँकी छ। दशैं, नेपालीको सबभन्दा ठुलो चाड । अर्कोतिर क्रिकेट पछिल्लो समय नेपालको चर्चित र बढी ‘फलो’ गरिने खेल हो ।

यो दशैंमा यी दुवै एक अर्कासँग जोडिएका छन् । यस पटकको दशैं क्रिकेटमय हुनेछ । नेपाली क्रिकेट दशैंभरि छाउनेछ ।

१२ असोजमा शुरू भई २६ असोजसम्म चल्ने दशैंमा नेपालको राष्ट्रिय क्रिकेट टिमले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

नेपालले खेल्ने प्रतियोगिता भन्दा पनि महत्वपूर्ण रहेको नेपाली क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन दशैं शुरू हुनु अगाडि नै भइरहेको छ। हिजोबाट शुरू भएको क्यानको साधारणसभा केन्द्रीय निर्वाचनसँगै आज समापन हुनेछ । क्यानले नयाँ नेतृत्व पाउँदैछ।

क्यान ३ वर्षदेखि आइसीसीको निलम्वनमा छ । यसबीचमा निलम्वन फुकुवा गर्ने विभिन्न प्रयास भएपनि त्यसले सफलता पाएन । आईसीसीले विवाद समाधानका लागि पछिल्लोपटक बनाएको स्वतन्त्र कमिटीले यसपटक जिल्ला र प्रदेशको निर्वाचन गरेर केन्द्रीय निर्वाचन गरेको हो ।

स्वतन्त्र कमिटीले शुरूमा ३ र ४ असोजमा निर्वाचन मिति तोकेको थियो । तर राष्ट्रिय खेलकुद परिषद्ले आफूसँग स्वीकृति नलिएको र २१ दिनको सूचना नलिकाले भन्दै निर्वाचन गर्न नदिले बताएपछि आइसीसीका प्रतिनिधलाई काठमाडौं बोलाएर नयाँ निर्वाचन मिति तय भएको हो । आइसीसी प्रतिनिधि इमरान ख्वाजा र अमर शेखसहित राखेपका सदस्य सचिव रमेशकुमार सिलवालबीचको बैठकले १० र ११ असोजका लागि मिति चयन गरेको हो।

राखेप सदस्य सिचव सिलवाल निर्वाचनपछि आईसीसीको अक्टोबर १२ र १३ मा हुने बैठकले नेपालको निलम्वन फुकुवा गर्नेमा विश्वस्त रहेको बताउँछन् ।

नेपाली क्रिकेटलाई निकास दिने र भविष्य कस्तो हुने भन्ने बाटो तय गर्नका लागि यो निर्वाचन महत्वपूर्ण छ।

यस निर्वाचनकै समयमा नेपालले मैदान भित्रको खेल शुरू गरिसकेको छ । नेपालले १० देखि १६ असोजसम्म सिंगापुरमा जिम्बावे र सिंगापुरसहितको त्रिकोणात्मक सिरिज खेल्दैछ।

हिजो खेलेको पहिलो खेलमा नेपाल  जिम्बावेसँग ५ विकेटले पराजित भएको छ। उपकप्तान दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ब्याटिङमा राम्रो प्रदर्शन गरेका थिए। सन्दीपले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए।

नेपालले आज घरेलु टोली सिंगापुरसँग खेल्दैछ । सिरिजमा नेपाले दुवै टिमसँग २ गरी कूल ४ खेल खेल्नेछ।

त्यसपछि नेपाली टोली ५ राष्ट्र सहभागी टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न ओमान जानेछ। १८ देखि २३ असोजसम्म हुने उक्त सिरिजमा नेपाल र ओमानसहित नेदरल्याण्ड्स, आयरल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन्।

गत जुलाईमा सिंगापुरमा भएको एसियाली छनोटमा तेस्रो भएपछि टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपालको लागि यी दुई सिरिज आफ्नो साख फर्काउने अवसर हुन् ।

ओमानमा  सिरिज खेल्ने पाँच राष्ट्रमध्ये नेपाल बाहेक बाँकीले युएईमा ग्लोबल क्वालिफायर खेल्नेछन्।

" /> काठमाडौं । बडादशैं शुरू हुन अब एक दिन मात्र बाँकी छ। दशैं, नेपालीको सबभन्दा ठुलो चाड । अर्कोतिर क्रिकेट पछिल्लो समय नेपालको चर्चित र बढी ‘फलो’ गरिने खेल हो ।

"> क्रिकेटमय दशैं: क्यानले नेतृत्व पाउँदै, नेपाली टीम दुई हप्तासम्म टी-२० सिरिजमा व्यस्त: Dekhapadhi
क्रिकेटमय दशैं: क्यानले नेतृत्व पाउँदै, नेपाली टीम दुई हप्तासम्म टी-२० सिरिजमा व्यस्त

प्रतिक्रिया दिनुहोस्