व्यक्तिगत कारण देखाउदै पाकिस्तान सुपर लिगबाट बाहिरिए हसन अली
एजेन्सी। व्यक्तिगत कारण देखाउदै युएईबाट पाकिस्तान फर्किएपछि इस्लामावाद युनाईटेडका बलर हसन अलीले पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकी खेलहरु गुमाउने भएका छन्। अली पारिवारिक कारण प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने बताउँदै स्वदेश फर्किएका हुन्। उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने तेस्रो खेलाडी थिए। कोरोना भाईरसको महामारीको कारण युएईको अबुधाबीमा भईरहेको प्रतियोगितामा इस्लामावाद ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्
