भेनेजुएलाका खेलाडी र स्टाफहरुसहित १२ जनामा कोरोना संक्रमण
एजेन्सी। कोपा अमेरिका खेल्न शुक्रबार ब्राजिल पुगेका भेनेजुएलाका खेलाडी र स्टाफहरुमा उद्घाटन खेलअघि गरिएको कोरोना परीक्षणमा खेलाडी र स्टाफहरुसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोनाको संक्रमण देखिएपछि उनीहरु होटलमा आईसोलेसनमा बसेको उल्लेख छ। कोरोना संक्रमणकै कारण डिफेन्डर विलकर एन्जल र रोल्फ फेल्ट्सचर ब्राजिल आएका थिएनन्। भेनेजुएलाका १२ खेलाडी र स्टाफमा कोरोना देखिएपछि प्रतियोगितामा अन्योलता छाएको छ।
प्रतिक्रिया दिनुहोस्
