फिल्डिङका क्रममा घाइते भएपछि डु प्लेसिसलाई अस्पताल पुर्‍याईयो एजेन्सी। पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटका दौरान फिल्डिङ गर्ने क्रममा घाइते भएपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाप डु प्लेसिसलाई अस्पताल लगिएको छ। सुपर लिगमा क्वेटा ग्लाडियटर्सबाट खेलिरहेका प्लेसिस पेशावर जाल्मीविरुद्धको खेलमा घाइते भएका हुन्। फिल्डिङ गर्ने क्रममा आफ्नै टिमका मोहमद होसनेनको खुट्टामा डु प्लेसिसको टाउको ठोक्किएको हो। खेलमा क्वेटा पेशावर जाल्मीलेविरुद्ध ६१ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्