खेल भावना विपरीत कार्य गरेपछि शकिब अल हसन कारबाहीमा
एजेन्सी। अम्पायरमाथि खेल भावना विपरीतको कार्य गरेपछि बंगलादेश क्रिकेट बोर्डले अलराउण्डर शकिब अल हसनलाई ढाका प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा तीन खेलको प्रतिबन्ध लगाएको छ। बोर्डले मोहम्मदान स्पोर्टिङ क्लबबाट खेलिरहेका हसनलाई तीन खेलको प्रतिबन्धसँगै ५ लाख टाका जरिवाना समेत गरेको छ। ढाका प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा क्लबका कप्तानसमेत रहेका हसनले अम्पायरसँग विवाद गर्दै विकेटलाई लात हान्दै उखेलेर फालेका थिए।
प्रतिक्रिया दिनुहोस्
