मोएजले गरे वेस्ट ह्यामसँग नयाँ सम्झौता एजेन्सी। इंग्लिस क्लब वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयजले क्लबसँग थप तीन वर्षको सम्झौता गरेका छन्। सन् २०१९ को डिसेम्बरमा वेस्ट ह्यामको मुख्य प्रशिक्षक नियुक्त भएका मोएज अब सन् २०२४ सम्म क्लबमा रहनेछन्। म्यानुएल पेल्लिग्रिनीलाई हटाएर वेस्ट ह्यामले उनलाई प्रशिक्षककाे जिम्मा दिएको थियो। उनले एलेक्स फर्गुसनपछि म्यानचेस्टर युनाईटेडको प्रशिक्षण सम्हालेका थिए। गत सिजन उनको प्रशिक्षणमा वेस्ट ह्याम लिगमा छैटौं बनेको थियो।
प्रतिक्रिया दिनुहोस्