युरोकपमा बेल्जियम विजयी सुरुवात, लुकाकुको गोल एरिक्सनप्रति समर्पित एजेन्सी।युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ। समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० ले हराएको हो।बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मुनियरले एक गोल गरे।लुकाकुले १० औं मिनेटमा गरेको गोल इन्टर मिलानका साथी खेलाडी डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पित गरे। फिनल्याण्डविरुद्धको खेलमा मैदानमा बेहोस भएका एरिक्सनको उपचार भइरहेको छ। लुकाकुले एरिक्सनको घटनाबाट स्तब्ध भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्