मैदानमै बेहोस भएका एरिक्सनको होस खुल्यो, अवस्था स्थिर
एजेन्सी। फिनल्याण्डविरुद्धको खेलमा मैदानमा ढल्न पुगेका डेनमार्कका क्रिष्टियन एरिक्सनको होस खुलेको छ। उनी होसमै रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डेनिस फुटबल एशोसिएसनले जनाएको छ। डेनिस फुटबल एसोसिएसनले एरिक्सनका लागि बाँकी खेल खेलेको बताएको छ। सबै खेलाडीले एरिक्सनसँग कुरा गरेपछि पुनः भएको खेलमा भने डेनमार्क पराजित भएको छ। खेलपछिको पत्रकार सम्मेलनमा डेनमार्कका प्रशिक्षक भावुक देखिएका थिए।
प्रतिक्रिया दिनुहोस्
