इरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डको खेल रद्द एजेन्सी। डेनमार्कका क्रिष्टियन इरिक्सन बेहोस भएर मैदानमै ढलेपछि युरोकप अन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको खेल रद्द भएको छ। खेलको पहिलो हाफ चलिरहँदा इरिक्सन मैदानमै ढल्न पुगेका थिए। उनी बेहोस भएपछि आकस्मिक रुपमा अस्पताल लैजानुपरेका कारण खेल नै रद्द गरिएको हो। युइएफएले इरिक्सनको स्वास्थ्य गम्भीर भएर तत्काल अस्पताल भर्ना गर्नुपरेकाले खेल रद्द भएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्