क्रेज्किकोभालाई पहिलो ग्राण्डस्लाम उपाधि एजेन्सी। चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाले रूसकी एनास्टासिया पाभ्लेयुचेन्कोभालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेकी छन्। २५ वर्षीया क्रेज्किकोभाले ३१औं वरियाताका पाभ्लेयुचेन्कोभालाई ६–१, २–६, ६–४ को सेटमा हराएकी हुन्। ग्राण्डस्लाममा पाँचौं पटकको प्रयासपछि क्रेज्किकोभा उपाधि जित्न सफल भएकी हुन्। उनको युगल प्रतिस्पर्धामा पनि उपाधि जित्ने सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्