पहिलो इनिङमा न्युजिल्यान्डलाई ८५ रनको अग्रता एजेन्सी। रोस टेलरले ८० रन बनाएपछि न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध दोस्रो टेष्टको पहिलो इनिङमा ८५ रनको अग्रता लिएको छ। न्युजिल्यान्डले २२९/३ को स्थितिबाट तेस्रो दिन थाल्दा टेलर ४६ रनसहित क्रिजमा थिए। थप १५९ रन जोड्दा न्युजिल्यान्डले सबै विकेट गुमायो। टम ब्लुन्डेलले ३४ र हेनरी निकोलसले २१ रन बनाए। इङ्ल्यान्डका स्टुवार्ट ब्रोडले ४ तथा मार्क उड र ओले स्टोनले समान २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्