वेल्स र स्विट्जरल्यान्ड बराबरीमा रोकिए एजेन्सी। किफर मूरले ७४औं मिनेटमा गोल गरेपछि वेल्स युरो–२०२० मा आज हारबाट जोगिएको छ। स्विट्जरल्यान्डले ४९औं मिनेटमा ब्रील एमबोलोको गोलमा अग्रता लिएको थियो। मारियो गाभ्रानोभिकले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएपछि स्विट्जरल्यान्ड अंक बाड्न बाध्य भयो। बराबरीपछि समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उद्घाटन खेलमा टकीलाई हराएको इटाली शीर्ष स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्