दश मिनेट सम्हालिन नसक्दा बार्सिलोना बाहिरियो

काठमाडौं। एन्जेल कोरेराले अन्तिम समयमा गरेको गोलमा एट्लेटिको मड्रिडले गएराति बार्सिलोनालाई ३-२ ले हराउँदै स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ।

गत सिजनको उपविजेता बार्सिलोनाले २-१ को अग्रता लिए पनि अन्तिम दश मिनेट सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।

कोकेले दोस्रो हाफको शुरूमै गरेको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो।

त्यसको पाँच मिनेट नवित्दै लियोनल मेसीले बराबरी गोल फर्काए।

५९औं मिनेटमा मेसीले अर्को गोल थपे। तर उनको गोललाई भिडियो सहायक रेफ्रीले गोलको मान्यता दिएन।

६२औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गरेको गोलमा बार्सिलोनाले अग्रता लियो। तर अन्तिम दश मिनेट सम्हालिन नसक्दा बार्सिलोना प्रतियोगिताबाट बाहिरियो।

७४ मिनेटमा जेरार्ड पिकेले अर्टुरो भिडालको क्रसमा गरेको गोल पनि भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिए।

८१औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा बराबरी गोल फर्काए।

एट्लेटिकोका भिटोलोलाई बार्सिलोनाका गोलकिपर नेटोले फाउल गरेपछि पेनाल्टी पाएको थियो।

खेल सकिन चार मिनेट बाँकी रहँदा मोराटाकै पासमा कोरेराले गरेको गोलमा एट्लेटिकोले फाइनलको यात्रा तय गर्यो।

एट्लेटिको अब आइतबार शहरी प्रतिद्धन्द्धी रियाल मड्रिडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। रियालले बुधबार राती साविक विजेता भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यो सिजन प्रतियोगिताको स्वरूपमा परिवर्तन गरिएको छ।

ला लिगाको शीर्ष दुई क्लब र कोपा डेल रेको फाइनल खेल्ने दुई क्लबले यस प्रतियोगतामा प्रतिस्पर्धा गर्नेछन्।

यसअघि ला लिगा र कोपा डेल रेको विजेताले सिधै उपाधिका लागि प्रतिस्पर्धा गर्थे।

रियालले गत सिजन ला लिगाको तेस्रो स्थान रहेको थियो।

तर, बार्सिलाना ला लिगाको शीर्ष स्थानमा रहनुको साथै कोपा डेल रेको उपविजेता भएका कारण रियालले मौका पाएको हो।

प्रतिक्रिया दिनुहोस्