डी ब्रुयनाले युरोकपमा रुसविरुद्धको पहिलो खेल गुमाउने एजेन्सी। बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयनाले युरोकप फुटबलमा रुसविरुद्धको पहिलो खेल गुमाउने भएका छन्। च्याम्पियन्स लिगको फाइनल खेलका दौरान लागेको चोटको कारण डी ब्रुयनाले पहिलो खेल गुमाउने भएका हुन्। उनको नाक र आँखाको तल्लो भागमा चोट लागेको छ। युरोकपको पहिलो खेलमा बेल्जियमले आज राति १२ः४५ बजे रुसविरुद्ध सेन्ट पिटर्सवर्गमा प्रतिस्पर्धा गर्दैछ।
प्रतिक्रिया दिनुहोस्