नेपालको प्रदर्शन उत्कृष्ट रह्यो- एन्फाका पूर्वअध्यक्ष थापा
काठमाडौं। एन्फाका पूर्वअध्यक्ष गणेश थापाले फिफा विश्वकप २०२० तथा एएफसी एसिया कप २०२३ छनोट प्रतियोगिताको पहिलो र दोस्रो चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। नेपालले गएराती अष्ट्रेलियालाई ३-० को नतिजा सुम्पिदै समूह 'बी' को चौथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्यो। "प्रथम चरण तथा दोस्रो चरणमा नेपाली राष्ट्रिय टिमले गरेको प्रदर्शन उत्कृष्ट रहेको छ। सबैलाई बधाइ," थापाले भने।
प्रतिक्रिया दिनुहोस्
