डी ककको शतकले दक्षिण अफ्रिका बलियो एजेन्सी। क्विन्टन डी ककले अविजित १४१ रन बनाएपछि वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका बलियो स्थितिमा रहेको छ। दक्षिण अफ्रिकाले १२८/४ को स्थितिबाट दोस्रो दिन थालेको थियो। रसी भान डेर डुसान ३४ र डी कक ४ रनको अवस्था थिए। पहिलो इनिङमा दक्षिण अफ्रिकाले ३२२ रन बनायो। दोस्रो इनिङ थालेको वेष्ट इन्डिज दोस्रो दिन सकिँदा ८२/४ को स्थितिमा छ।
प्रतिक्रिया दिनुहोस्