दोस्रो टेष्टको दोस्रो दिन न्युजिल्यान्ड हाबी एजेन्सी। डेभोन कोनवेले ८० तथा विल योङले ८२ रन बनाएपछि इङ्ल्यान्डविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन न्युजिल्यान्डले पकड जमाएको छ। दोस्रो दिन सकिँदा न्युजिल्यान्ड २२९/३ को स्थितिमा छ। इङ्ल्यान्डले २५८/७ को स्थितिबाट दोस्रो दिन थालेको थियो। इङ्ल्यान्डका डान लरेन्स ६७ तथा मार्क उड १६ रनको स्थितिमा थिए। इङ्ल्यान्डले ३०३ रन बनाउँदा सबै विकेट गुमायो। लरेन्स ८१ रनमा अविजित रहे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्