युरो–२०२० : इटालीको शानदार सुरुवात
एजेन्सी। घरेलु टिम इटालीले गएराती उद्घाटन खेलमा टर्कीमाथि ३-० को नतिजा निकाल्दै युरो-२०२० मा शानदार सुरुवात गरेको छ। इटालीका सिरो इमोबिल र लोरेन्जो इनसिग्नेले गोल गरे भने अर्को गोल टर्कका मेरि डेमिरलले आत्मघाती उपहार दिए। रोमस्थित ओलम्पिको रंगशालामा इटालीले विपक्षी पोष्टमा २४ प्रहार गर्यो। टर्कीले तीनवटा प्रहारमात्र गर्न सक्यो। इटालीले अब १६ जुनमा स्विट्जरल्यान्ड र टर्कीले वेल्सविरुद्ध खैल्नेछ।
प्रतिक्रिया दिनुहोस्
