१३ पटकका विजेता नाडाललाई हराउँदै जोकोभिच फाइनलमा एजेन्सी। तेह्र पटकका विजेता राफेल नाडाललाई ३-१ ले हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएका छन्। गएराती सर्वियाका २४ वर्षे जोकोभिचले स्पेनका नाडाललाई ३-६, ६-३, ७-६(७-४), ६-२ को सेटमा हराएका हुन्। जोकोभिच फ्रान्समा दोस्रोपटक तथा समग्रमा १९औं ग्राण्डस्लाम उपाधि जित्नेमा लक्ष्यमा छन्। नाडालको भने कीर्तिमान २१औं ग्राण्डस्लाम जित्ने लक्ष्य सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्