मैत्रीपूर्ण खेलमा जापानको जित एजेन्सी। जुन्यो इतोको गोलमा एसियाली पावर हाउस जापानले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सर्बियालाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा जापानको जितमा इतोले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। एसियाली विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपमा स्थान पक्का गरिसकेको जापान छनोट प्रतियोगिताको अन्तिम खेलमा किर्गिस्तानविरूद्ध असार १ गते खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्