नेपाली टिममा पाँच खेलाडी परिवर्तन काठमाडौं। विश्वकप र एसियन कप छनोटमा आज अष्ट्रेलियाविरूद्ध नेपालको अग्रपंक्ति नवयुग श्रेष्ठले सम्हाल्ने भएका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरूद्ध खेलेका अभिषेक रिजाल, दिनेश राजवंशी, विकास खवास, अन्जन विष्ट र सन्तोष तामाङको स्थानमा नवयुग, गौतम श्रेष्ठ, एरिक विष्ट, बिशाल राई र सुनिल बललाई टिममा राखेका छन्। खेल कुवेतमा नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्